जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एलआइसी नेपालद्वारा ६८ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

एलआइसी नेपालद्वारा ६८ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

एलआइसी नेपालले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले कुलेश्वरका ५२ वर्षीय राजेश मानन्धरको परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

मानन्धरको उपचारको क्रममा २०७८ बैशाख १४ गते उनको निधन भएको थियो । राजेश मानन्धरले एलआइसी नेपालमा जीवन बीमा गराएका थिए । उनको मृत्यु पछी निजको हकवाला श्रीमती शोभा मानन्धरलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक लक्ष्मी प्रसाद दासले ६८ लाख रुपैयाँको मृत्युदावी बापतको चेक हस्तान्तरण गरेको हो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले जीवन बीमाले कसैको जीवनको भावनात्मक पक्षलाई परिपुरण गर्न नसक्ने तर आर्थिक प्रभावलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने भन्दै बीमाको महत्व प्रष्ट पारे । साथै एलआइसी नेपाल सदैव बीमितको हित संरक्षणमा कटिबद्द रहेको जानकारी गराए ।

5750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका