जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यूनियन लाइफको प्रिअलोटमेण्ट सम्पन्न

यूनियन लाइफको प्रिअलोटमेण्ट सम्पन्न

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपीओ) आज बिहीबार नै बाँडफाँड हुने सम्भावना रहेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ‘प्रि अलोटमेण्ट’ सम्पन्न भैसकेको छ ।

प्रि अलोटमेण्टको काम सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । धितोपत्र बोर्डले स्वीकृति दिएपछि आज नै बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

आइपीओमा २१ लाख ७२ हजार ८६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताको लागि आवेदन परेको हो । क्यापिटलका अनुसार २१ लाख १७ हजारको मात्रै आवेदन सदर भएको छ भने बाँकि आवेदक रद्द गरिएको छ ।

4580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका