जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • कोरोना प्रभावितलाई सहयोग गर्न सिभिल बैंकसँग विभिन्न संस्थाको सम्झौता

कोरोना प्रभावितलाई सहयोग गर्न सिभिल बैंकसँग विभिन्न संस्थाको सम्झौता

सिभिल बैंकले कोभिड–१९ बाट प्रभावित विपन्न समुदायका लागि मानवीय सहयोग गर्न हेल्भेटास नेपाल, क्षीरेश्वरनाथ नगरपालिका र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । आइतबार चार पक्षबीच हस्ताक्षर भएको हो ।

कोभिड–१९ को पहिलो लहरमा स्वास्थ्य तथा आर्थिक रूपमा कठिनाइ भोगिरहेका डोम, चमार र मुसहरजस्ता विपन्न समुदायलाई पुनः दोस्रो लहरले थप कष्टकर बनाएको छ ।

कोभिड–१९ ले  कतिपय जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्नुका साथै दैनिक ज्याला, मजदुरी गरी घर खर्च चलाउनुपर्ने समुदायलाई आधारभूत सेवा–सुविधाको पहुँचमा समेत कमी भएको छ ।

कोरोनाले पारेको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले हेल्भेटास नेपाल र स्वीस सोलिडारिटीले क्षीरेश्वरनाथ नगरपालिकाका अतिविपन्न समुदाय (मुसहर, चमार र डोम) का आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नगरमा छनोट भएका १ हजार २ सय ५० घरधुरीलाई अनुदान सहयोग प्रतिघरधुरी रकम २० हजारका दरले भुक्तानी दिइनेछ ।

10405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?