जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • यूनियन लाइफद्वारा २० लाख ७२ हजार रुपैयाँ दाबी भुक्तानी

यूनियन लाइफद्वारा २० लाख ७२ हजार रुपैयाँ दाबी भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी बापतको २० लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले इलामको सुर्योदय नगरपालिका १० का मृतक संजोग प्रधानको परिवारलाई सो रकम हस्तान्तरण गरेको जनाएको छ ।

कम्पनीले सोमबार मृतक प्रधानको घरमै एक कार्यक्रमको आयोजना गरि निजकी श्रीमती कन्चन कार्कीलाई रकम भुक्तानी गरेको कम्पनीका सहायक महाप्रबन्धक तथा १ नम्बर प्रदेश प्रमुख भुपराज पराजुलीले जानकारी दिए ।

२५ बर्षीय प्रधानको गत असार १४ गते कोरोना संक्रमणबाट मृत्यु भएको कम्पनीले जनाएको छ ।

प्रधानले पाँच महिना अघि मात्र कम्पनीमा २० लाख रुपैयाँको बिमा गरेको र पहिलो पृमियम बापत १ लाख ८०० रुपैयाँ बुझाएको कम्पनीका सुरुङ्गा शाखा प्रमुख नारायण थापाले जानकारी दिए ।

रकम भुक्तानीका लागि प्रक्रिया सुरु गरेको दुई हप्ता भित्रैमा कम्पनीले रकम उपलब्ध गराएको र बिपत्तिको समयमा आर्थिक दायित्व पूरा गरेको भन्दै मृतककी श्रीमती कार्कीले खुशी ब्यक्त गर्दै कम्पनीलाई धन्यवाद दिइन ।

बीमा कम्पनीले भुक्तानी समयमा गर्दैन भन्ने बुझाईलाई युनियनले झुटो साबित गरेको भन्दै नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले कम्पनीलाई विशेष धन्यवाद दिइन ।

8000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका