जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक र सीडीएससी बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न

कामना सेवा विकास बैंक र सीडीएससी बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न

कामना सेवा विकास बैंक र सीडीएससी बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।

आज एक कार्यक्रमका बीच सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चायले तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

हाल सीडीएससीबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शिघ्र संञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा लगायत ७० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले Social Media Banking, KS iMobile, जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकि¬ङ सेवा प्रदान गर्दै आएको छ ।

2670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका