जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ‘युवासंग महालक्ष्मी लाईफ’को कार्यक्रम सम्पन

‘युवासंग महालक्ष्मी लाईफ’को कार्यक्रम सम्पन

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाहरु वीच बीमा सम्वन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको ‘युवा संग महालक्ष्मी लाईफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ । 

सिटी कलेज विराटनगर प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगर संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले संचालन गर्न भएको कार्यक्रममा जागरण अभियानका केद्रिय सदस्य सरोज पौडेलले  कार्यक्रमको महत्व बारेमा प्रकाश पारे ।  

कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले सहभागि युवाहरुलाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि गठन गरिएको छ । 

त्यसैगरि, आजै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि युवासंग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पारे । 

कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिए । कार्यक्रमको संचालन नायव अधिकृत नरेश बहादुर सिंहले गरेका हुन् ।

2385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका