जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मेगा बैंकको नाफा ४५.१६ प्रतिशतले बढेर २३० करोड रुपैयाँ पुग्यो

मेगा बैंकको नाफा ४५.१६ प्रतिशतले बढेर २३० करोड रुपैयाँ पुग्यो

मेगा बैंक नेपालले खुद नाफा ४५.१६ प्रतिशतले बढाएको छ। बैंकले शुक्रबार गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गर्दै खुद नाफा एक अर्ब ५८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३० करोड रुपैयाँ पुगेको जनाएको छ।

सात प्रतिशतले निक्षेप बढाएर २४.२८ प्रतिशतले ब्यापार बिस्तार गर्दा बैंकको खुद ब्याज आम्दानीमा नै सुधार देखिएको छ। खुद ब्याज आम्दानी ३९ प्रतिशतले बढ्दा खुद नाफामा उच्च सुधार देखिएको हो।

बैंकले गत आर्थिक बर्ष ग्राहकसँग उठाएको निक्षेप एक खर्ब ३६ अर्ब पुगेको छ भने ऋण एक खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। यही कारण खुद ब्याज आम्दानी पनि ५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। ब्यापार बिस्तार जुन हिसाबले बढेको छ ऋणको प्रोभिजनिङ जम्मा ५ प्रतशितले मात्र बढेको छ। यसले पनि नाफामा सुधार भएको हो।

बैंकले टाइट सीसीडी रेसियोमा काम गरेको छ। राष्ट्र बैंकले ८५ प्रतिशतभन्दा माथि जान नपाउने सीमा निर्धारण गरेको छ। बैंकले ८२.६९ प्रतिशत सीसीडी कायम गरेको छ। जबकी धेरै बैंक ७९ प्रतिशत हाराहारीमा बसेक छन्।

बैंकको स्प्रेड दर पनि धेरै घटेको छैन। यसले गर्दा मार्जिन लिन बैंकलाई खासै समस्या भएन। ४.३९ प्रतिशतको स्प्रेडलाई बैंकले ४.१६ मा झारेको छ। आधार दर ८.३२ बाट ७.६१ प्रतिशतमा आएको छ।बैंकको प्रति सेयर आम्दानी पनि १२ रुपैयाँबाट १५.७१ रुपैयाँ पुगेको छ। मूल्य आम्दानी अनुपात अर्थात पीइ २३.२९ गुणा छ।

2010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका