जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिर्जना फाइनान्सको नाफा खुम्चियो, इपिएसमा गढबढी

सिर्जना फाइनान्सको नाफा खुम्चियो, इपिएसमा गढबढी

सिर्जना फाइनान्स (SFFIL) को खुद नाफा ६ करोड ७४ लाख रुपैयाँमा खुम्चिएको छ। गत आवको यसै अवधिमा ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्सको नाफा समीक्षा अवधिमा ८५ लाख २८ हजार रुपैयाँले घटेको हो।

यस अवधिमा फाइनान्सको वितरणयोग्य नाफा २ करोड ५१ लाख ८२ हजार रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ७३ करोड ७२ लाख रुपैयाँ रहेको फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी १२.२० रुपैयाँ रहेको छ। तर फाइनान्सले वित्तीय विवरणमा २७.४५ रुपैयाँ उल्लेख गरेको छ।

जगेडा कोषमा १३ करोड ७७ लाख रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ १४६.४१ रुपैयाँ छ। सनराइज बैंकले प्राप्ती गर्ने प्रकृयामा रहेकाले माघ ११ गतेयता फाइनान्सको शेयर कारोबार रोक्का छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ७ अर्ब ३५ करोड निक्षेप संकलन गरि ६ अर्ब २३ करोड रुपैयाँ कर्जा परिचालनबाट २२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिमा फाइनान्सले १० करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

फाइनान्सको खराब कर्जा अनुपात ४.८१ बाट घटेर २.११ प्रतिशतमा झरेको छ।

13580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका