जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • साझाका पेट्रोल पम्पमा एभरेष्ट बैंकका क्युआर कोडबाट भुक्तानी गर्न सकिने

साझाका पेट्रोल पम्पमा एभरेष्ट बैंकका क्युआर कोडबाट भुक्तानी गर्न सकिने

एभरेष्ट बैंक लिमिटेडले साझा सेवा (सहकारी संस्था)ले संचालन गरेका पेट्रोलपम्महरुमा क्युआर कोडबाट भुक्तानी गर्न सकिने सेवा शुरु गरेको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि, साझा सेवा (सहकारी संस्था)ले संचालन गरेका पेट्रोलपम्महरुमा एभरेष्ट बैंकको क्युआर कोडबाट भुक्तानी गर्न सकिने सेवा शुरु गरेको हो ।

यस सेवाको शुभारम्भ एभरेष्ट बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले संयुक्त रुपमा गरेका छन् ।

सो कार्यक्रममा साझा सेवाका प्रमुख लेखा अघिकृत दिवाकर श्रेष्ठ, एभरेष्ट बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती, एभरेष्ट बैंकका पुल्चोक शाखाका शाखा प्रबन्धक लव कुइकेल लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

साझाका पेट्रोलपम्पबाट पेट्रोलियम पदार्थ किनेपछि बैंकको क्युआर कोडबाट भुक्तानी गर्दा रियल टाइममा नै साझा सेवा ९सहकारी संस्था०को पुल्चोकस्थित शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

11560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका