जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • पुँजी बजारका नियामकको सुझाव हल्लाको पछि नलाग्नुहोस

पुँजी बजारका नियामकको सुझाव हल्लाको पछि नलाग्नुहोस

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले  हल्लाको पछि नलागिकन सत्य तथ्य सूचनाको आधारमा सुझबुझपूर्ण लगानी गर्नुपर्ने धारणा राखेका छन् । समृद्ध नेपाल लगानी समूहद्वारा आयोजित छलफल तथा अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी भै हौसला प्रदान गर्दै यस्तो बताएका हुन ।

पूँजी बजारमा आवद्ध अपांगता भएका सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व रहेको सो समुहले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजी बजार हामी सबैको बजार भएको धारणा राखेका थिए । कार्यक्रममा उनले कुल जनसंख्याको करिब १० प्रतिशत सर्वसाधारण पूँजी बजारमा सहभागी रहेको सन्दर्भमा अपांगता भएका सर्वसाधारणको समेत सहभागी भएकोमा खुशी समेत व्यक्त गरे।

सम्बोधनको क्रममा उनले पूँजी बजारमार्फत् देशको आर्थिक विकासका लागि अपांगता भएका सर्वसाधारणको पूँजी बजारप्रतिको चासो तथा सहभागिता आगामी दिनमा थप उत्साहमूलक बन्न सकोस भन्ने शुभकामना दिएका थिए ।

नेपाल सरकारले समेत विकासका सबै मामिला र आर्थिक गतिविधिहरूमा सबै पक्षको समान सहभागिता र अवसरको प्रत्याभूति हुने गरी नीति तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन गर्दै आएकोमा पूँजी बजारमा समेत यस्तो सहभागिता रहेकोमा सरकारको समेत चासो एवं प्राथमिकता रहेको बताए। उनले अपांगता भएका व्यक्तिहरूको बजार प्रवेशमा भएका प्रक्रियागत कठिनाईहरूको सम्बोधन गर्न र बजारमा प्रयोगमा रहेका प्रविधिहरू अपांगमैत्री बनाउदै लैजान आवश्यक भएको बताए।

कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज लि, सिडिएस एण्ड क्लियरिङ्ग लि।, स्टक ब्रोकर एशोसिएसन, नेपाल राष्ट्र बैंक लगायतका संस्थाहरूका समेत प्रतिनिधिहरू सहभागीता रहेको थियो ।

9340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका