जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • भाद्र महिनामा नारीहरूलाई सनराइज बैंकको छुटै छुट

भाद्र महिनामा नारीहरूलाई सनराइज बैंकको छुटै छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई नबिनतम् र अत्याधुनिक सेवा प्रदान गर्ने क्रममा नयाँ योजना ल्याएको छ। लगातार ग्राहकलाई थप सुविधाहरू प्रदान गर्दै आएको यो बैंकले भाद्र महिनामा नारी विशेष योजना ल्याएको हो।

यस योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूको लागि भाद्र महिनाभरि विभिन्न सेवाहरू निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरूको पनि व्यवस्था गरेको छ ।  भाद्र महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरूलाई बैंकले विभिन्न पाँच वटा सेवाहरू निःशुल्क दिने भएको हो । प्रथम वर्षको लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा छन् ।

साथै, बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भाद्र महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरूलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३०० रुपैयाँ सम्मको छुट समेत प्रदान गर्ने बैँकले जनाएको छ ।

त्यसै गरी, सनराइज बैंकले नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलार्ई भाद्र महिनाभरि कर्जा लिँदा कर्जा शुल्कमा आधार बिन्दुको २५ प्रतिशत छुट दिने समेत बैंकले जनाएको छ ।

हालको समयमा नारीहरू अझ बढी आधुनिक र स्मार्ट बन्न अति आवश्यक छ । नारीहरू अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्ने देखि आधुनिक सेवा उपयोग गर्नेसम्मका विभिन्न सुविधाहरू निःशुल्क दिने व्यवस्था गरेको हो ।

सेयर बजारमा नारीहरूको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजना अन्तर्गत प्रदान गरेको निःशुल्क डिम्याट र मेरो शेयरले नारीहरूमा सेयर कारोबार प्रति अझ बढी प्रोत्साहन प्रदान गर्नेमा बैंक विश्वस्त रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

8130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?