जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बैंकको ६ महिनाको नाफा १ अर्ब ३५ करोड

नेपाल बैंकको ६ महिनाको नाफा १ अर्ब ३५ करोड

चालु आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा नेपाल बैंकको खुद नाफा स्थिर रहेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ३५ करोड २३ लाख रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा सामान्य घटेर १ अर्ब ३५ करोड  ४ लाख पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७४ करोडबाट बढेर २ अर्ब ९७ करोड पुगेको छ । यस अवधिमा  बैंकको वितरणयोग्य नाफा ६७ करोड ८२ लाख रहेको छ ।

बैंकको निक्षेप १ खर्ब ४१ अर्बबाट बढेर १ खर्ब ४८ अर्ब पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ३ अर्बबाट बढेर १ खर्ब १६ अर्ब पुगेको छ । १२ अर्ब ६३ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १५ अर्ब ५९ करोड रहेको छ ।

त्यस्तै बैंकको खराब कर्जा २.६६ प्रतिशतबाट बढेर २.८८ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी २१.३७ रुपैयाँ, प्रति शेयर नेटवर्थ २५३.१८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.१२ गुणा , बेस रेट ६.१९ प्रतिशत, स्प्रेड दर ४.३९ प्रतिशत, कोषको लागत ३.५७ प्रतिशत, र सिसिडि ६९.४९ रहेको छ ।

5765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?