जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • २४ बैंक र १३ बीमा कम्पनीले एफपीओ र सेयर लिलामीमा भएको आम्दानीको कर तिरेनन्

२४ बैंक र १३ बीमा कम्पनीले एफपीओ र सेयर लिलामीमा भएको आम्दानीको कर तिरेनन्

२४ बाणिज्य बैंक र १३ बीमा कम्पनीले फर्दर पब्लिक अफरिङ (एफोपीओ) र सेयर लिलामीमार्फत आम्दानी गरेको आयमा कर नतिरेको भन्दै महालेखाले आवश्यक छानबिन गरी कर निर्धारण गर्न निर्देशन दिएको छ।

महालेखाले शुक्रबार अघिल्लो आर्थिक बर्षको बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले ११ अर्ब ६३ करोड ३० लाख रुपैयाँ एफपीओ र सेयर लिलामीबाट आम्दानी गरेका छन्।

त्यसको ३० प्रतशित हुने ३ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ आय कर ऐन बिपरित छुट पाएको भन्दै महालेखाले यसको छानबिन गर्न भनेको छ।

हकप्रद सेयरको हक हस्तान्तरणमा पनि महालेखाले प्रश्न उठाएको छ। धितोपत्रको कारोबार गर्ने निकायहरुले ब्यक्तिको हकमा ५ र निकायको हकमा २५ प्तरशित कर लाग्ने ब्यवस्था छ।

कर रकम कम गर्ने उद्देश्यले निकायले सञ्चालक सदस्य वा सम्बद्ध ब्यक्तिलाई निकायले मनोनय गरी हक हस्तान्तरण गरिएको भेटिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। यसरी ३२ करोड ३० लाख नकियले र ब्यक्तिले ५२ करोड ११ लाख लाख लाग्ने करलाई १० करोड ६८ लाखमा सल्टाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। यसलाई पनि छानबिन गरी कर निर्धारण गरेर असुल गर्न भनिएको छ।

6800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका