जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • उद्योग वाणिज्य महासंघले स्थापना गर्‍यो कोभिड- १९ सहायता केन्द्र

उद्योग वाणिज्य महासंघले स्थापना गर्‍यो कोभिड- १९ सहायता केन्द्र

नेपाल उद्योग वाणिज्य महासंघले  कोभिड १९ सहायता केन्द्र स्थापना गरेको छ ।

महासंघले मुलुकमा बढदो कोभिड – १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले केन्द्रीय कार्यालयमा कोभिड १९ सहायता केन्द्र स्थापना गरिएकोे बताएको छ ।

महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त केन्द्रको समन्वय भने महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने छन् ।

कोभिड- १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउनको लागि जिम्मेवारी बाँडफाँड समेत गरिएको छ । जसअनुसार अक्सिजन सिलिण्डर व्यवस्थापन रामचन्द्र संघई तथा शौरभ ज्योतिले गर्नेछन् ।

त्यस्तै अस्पताल तथा आईशोलेसन केन्द्र सहजीकरण हेमराज ढकाल तथा रविन श्रेष्ठले गर्ने भएका छन् । अस्पताल व्यवस्थापन भने ई देशबन्धु बस्नेत, बाबुकाजी कार्की र डा केयुर गौतमले गर्नेछन् । अस्पताल तथा आईसोलेशन केन्द्रको सहजीकरण भने रन्जितराज आचार्यले गर्नेछन् ।

औषधी तथा मेडिकल उपकरणको सहजीकरण प्रबलजंग पाण्डे र भक्त हमालले गर्नेछन् । होटल तथा हवाई यातायातको सहजीकरण ज्योत्सना श्रेष्ठ, विनायक शाह तथा विनोद सापकोटाले गर्ने छन् ।

सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्पmत सम्पर्क गरि आपूmलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले बताएको छ ।

सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसंग पहल गर्ने पनि महासंघले बताएको छ ।

मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्व लाई मनन गरी हरेक पटक सहयोग पु¥याउंदै आएको बताएको छ । । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत महासंघले यसअघि महासंघले हेल्लो डाक्टर सञ्चालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परमर्श दिने कार्यको शुरुवात गरिसकेको छ ।

महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको कर्तव्य भएकाले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले सबैमा आग्रह गरेको छ ।

7500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका