जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबिच सम्झौता

महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबिच सम्झौता

 महालक्ष्मी विकास बैंकले नेपाल विद्युत प्रधिकरणसँग विद्युतसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि आइतबार सम्झौता गरेको हो । 

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरु वा जो कोहिले पनि आफुले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् । सम्झौता अनुसार सेवाग्राहीले मासिक पाँच सय रुपैया सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन भने ५०१ भन्दा माथी ५ लाखसम्मको महशुल भुक्तानीमा पाँच मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।  

महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत प्रधिकरण बिच भएको यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ । 

3260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका