जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले सरकारलाई आन्तरिक ऋण उठाउन १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट ८ वर्षे अवधिको विकास ऋणपत्र बिक्री गर्न राष्ट्र बैंकले प्रस्ताव आह्वान गरेको हो । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिक मध्ये कम ब्याजदर कबोल गर्नेलाई ऋणपत्र बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बिहीबार अपरान्ह ३ बजे बोलकबोल माध्यमबाटबाट कम ब्याजदर कबोल गर्नेलाई विकास ऋणपत्र बिक्री गर्नेछ ।
सरकारले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने ऋणपत्रको सावाँ रकम ८ वर्षपछी फिर्ता हुनेछ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षमा राष्ट्र बैंकले ९ पटक विकास ऋणपत्र बिक्री गर्दै ७२ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । औषतमा ६.९७ प्रतिशत ब्याजदर आन्तरिक ऋण उठाउँदा राष्ट्र बैंकले गत साउन १८ गते ६.५ प्रतिशत र बाकीँ सबै बोलपत्रमा ७ प्रतिशत ब्याज दिएको छ ।

3950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?