जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • अब सांग्रिला डेभलपमेन्ट बैंकमा पनि डिम्याट खाता खोल्न सकिने

अब सांग्रिला डेभलपमेन्ट बैंकमा पनि डिम्याट खाता खोल्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड बिच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि निक्षेप सदस्यको रूपमा सर्वसाधारणलार्ई सेवा सुविधा प्रदान गर्ने (डिम्याट खाता खोल्न सकिने) भएको छ । 

बैंकले जारी गरेको विज्ञप्ति अनुसार पुतलीसडक स्थित सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यालयमा एक कार्यक्रमका बिच मंगलबार यस्तो सम्झौता भएको हो। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सुयोग श्रेष्ठले संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

यो सँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरू मार्फत निक्षेप सदस्यता सम्बन्धी कार्य सञ्चालनमा ल्याउने बैंकले जनाएको छ।  सांग्रिला डेभलपमेन्ट बैंकका मुलुकभर ९६ शाखा कार्यालयहरू र ३१ वटा एटिएम रहेका छन्। 

4240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका