जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सानिमा बैंकको नयाँ शाखा उदयपुरको गढीमा

सानिमा बैंकको नयाँ शाखा उदयपुरको गढीमा

सानिमा बैंक लिमिटेडले मंगलबार उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । गढी शाखाको उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दाहालले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।  

उद्घाटन समारोहमा बोल्दै उदयपुरगढी गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण क्षेत्रमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्न सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । यसका साथै बैंकलाई धन्यवाद ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।   

यसैगरी प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालज्यूद्वारा ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् । 

3230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका