जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • एकीकृत कारोबारबाट प्रयोगमा आउने प्रभु महालक्ष्मी लाइफको नयाँ लोगो सार्वजनिक

एकीकृत कारोबारबाट प्रयोगमा आउने प्रभु महालक्ष्मी लाइफको नयाँ लोगो सार्वजनिक

एकीकृत कारोबारपछि ९० करोडको एफपीओ जारी गर्ने तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफले नयाँ लोगो सार्वजनिक गरेको छ। मर्जरका लागि अन्तिम सम्झौता गरेर असार मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारीमा रहेको प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ लोगो सार्वजनिक गरेका हुन्। एकीकृत कारोबारका दिनदेखि नयाँ लोगो प्रयोग हुने छ।

दुवै संस्था बराबरी हैसियतमा गाभिँदैछन्। दुवै कम्पनीको भावना प्रतिविम्बित हुने गरी लोगो तयार पारिएको छ। दुवै कम्पनीका १६७ शाखा/उपशाखा छन्। कर्मचारी संख्या ४४९ जना पुग्ने छन्।

प्रभु लाइफको बोनस सेयर जारीपछि दुवै कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुग्ने छ। बीमा प्राधिकरणले ५ अर्ब पुँजी तोकेको छ।

 

3250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका