जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजको १२.१२ योजनामा दुई हजारसम्म छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजको १२.१२ योजनामा दुई हजारसम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले दराजको १२.१२ योजनामा दुई हजारसम्म छुट पाउने भएका छन् । पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले  आफ्नो कार्डबाहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै दुई हजारसम्मको विशेष छुटको योजना ल्याएको हो । 

जस अन्र्तगत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १० प्रतिशत वा अधिकतम् दुई हजारसम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् । 

बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्नुभएमा १० प्रतिशत वा अधिकतम एक हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम दुई हजारसम्म छुटको पाउनेछन् । 

यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी दुई हजारसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।  

8010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका