जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकले मार्याे अधिकांश सूचकमा फड्को

ग्लोबल आइएमई बैंकले मार्याे अधिकांश सूचकमा फड्को

हालै बैंक अफ काठमाण्डूसँग मर्ज गरेको ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४.४७ प्रतिशत बढेर २ अर्ब ७८ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३६.४५ प्रतिशत बढेर ६ अर्ब ५४ करोड रुपैयाँ, सञ्चालन मुनाफा ३.१९प्रतिशत बढेर ३ अर्ब ७९ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ र जगेडा कोष ७१.१४ प्रतिशतले बढेर १८ अर्ब ३१ करोड रुपैयाँ, निक्षेप ४ खर्ब ३ अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर १८.०७ रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी २२.३९ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात ११.६४ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५४.३४ रुपैयाँ रहेको छ ।

बैंकको निष्क्रिय कर्जा बढेर २.९२ प्रतिशत पुगेको छ । गत वर्ष सोही अवधिमा बैंकको खराब कर्जा १.१३ प्रतिशत थियो । सीडी रेसियो ८९.४३ प्रतिशत र आधार दर १०.८० प्रतिशत रहेको छ ।

1375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका