जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • माघ २७ गतेदेखि बलेफी हाईड्रोपावरले आईपीओ विक्री गर्ने

माघ २७ गतेदेखि बलेफी हाईड्रोपावरले आईपीओ विक्री गर्ने

बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय वासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले स्थानियमा प्रतिशेयर रू. १०० अंकितमूल्यका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि विक्री खुला गरिने भएको हो । स्थानियले छिटोमा फागुन १२ गतेसम्म यो आईपीओ खरिदका लागि आवेदन दिन सक्नेछन् ।

उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा फागुन २७ गतेसम्म यो आईपीओ विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ता सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रहेको छ । कम्पनीले स्थानियलाई आईपीओ विक्री पछि सर्वसाधारणमा पनि १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री गर्नेछ । कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्न बोर्डको स्वीकृति प्राप्त गर्न बाँकी छ । पहिलो चरणमा स्थानियका लागि आईपीओ विक्री गर्न बोर्डले माघ ९ गते स्वीकृति दिएको हो ।

4570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका