जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • गरिमा विकास बैंकले ल्यायो ‘स्वर्णिम निक्षेप योजना’, बार्षिक ब्याज दर ११.५५ प्रतिशत दिने

गरिमा विकास बैंकले ल्यायो ‘स्वर्णिम निक्षेप योजना’, बार्षिक ब्याज दर ११.५५ प्रतिशत दिने

गरिमा विकास बैंक लिमिटेडले उत्कृष्ट प्रतिफल दिने उद्देश्यले ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ।

न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने यो योजना क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो। यो निक्षेप योजना अन्तर्गत ५ वर्ष वा त्योभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दति बराबरको व्याजदरको फाईदा लिन सकिनेछ। 

योजना अवधिभित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ। आफुले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दति बराबरको ब्याजदर पाईनेछ। 

अहिले बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५ प्रतिशत ब्याजदर प्रदान गर्ने छ। यो खाता बैंकका ११८ शाखा कार्यालयहरुमा खोल्न सकिन्छ। 

6760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका