जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • दुईपटक कोरोना महामारीका कारण रोकिएको क्यान इन्फोटेक वैशाख ७ देखि

दुईपटक कोरोना महामारीका कारण रोकिएको क्यान इन्फोटेक वैशाख ७ देखि

कोरोना महामारीका कारण पटकपटक स्थगित हुँदै आएको क्यान इन्फोटेकको २७औं संस्करण आगामी वैशाख ७ बाट सुरु हुने भएको छ। 

क्यान इन्फोटेक वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको क्यान महासंघले जनाएको छ।

यसअघि क्यान इन्फोटेकको २७ औं संस्करण २०७८ वैशाख २८ मा पहिलोपटक र २०७८ माघ १८ देखि आयोजना गर्ने तयारी थियो। 

तर, कोरोना महामारीका कारण सरकारले मेला आयोजना गर्न रोक लगाएपछि दुईपटक क्यान इन्फोटेक मेला रोकिएको थियो। कोरोना महामारी मत्थर भएसँगै क्यान महासंघले नयाँ मिति तोकेको जनाएको छ।

5425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?