जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको एकै दिन ३ शाखा विस्तार

कामना सेवा विकास बैंकको एकै दिन ३ शाखा विस्तार

कामना सेवा विकास बैंकले बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा ३ वटा शाखा विस्तार गरेको छ ।

बैंकले खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा १३० औं, कालिका नगरपालिका–४ स्थित पदमपुरमा १३१ औं र भरतपुर महानगरपालिका–२५ स्थित अमृतचोकमा १३२ औं शाखा खोलेको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । बैंकले १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।

3865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका