जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल बंगलादेश बैंकका कामु सीईओ पाण्डेको धम्कीपूर्ण सर्कुलर गर्भनरसाब हेक्का होस् !

नेपाल बंगलादेश बैंकका कामु सीईओ पाण्डेको धम्कीपूर्ण सर्कुलर गर्भनरसाब हेक्का होस् !

सुन्दा पनि डरलाग्ने हेर्दा त घिन लाग्ने बैंकहरुको बीग मर्जरले कर्मचारी मिलानमा समस्या ल्याएको छ भन्दा अब चाहि फरक पर्दैन । यति मात्रै होइन ठूलो माछाले सानो माछा खान्छ भन्ने कुराको पुष्टी नबिल बैंक र एनबी बैंक बीचका कर्मचारी मिलनबाटै प्रस्ट भएको छ भन्दा अब फरक पर्दैन, गर्भनर साब हेक्का होस् ।

नबिल बैंक लिमिटेडले एनबी बैंकसंग मर्जर तथा प्राप्ती गर्ने सहमती राष्ट्र बैंकसंग लिएसंगै नबिल बैंकका कर्मचारीका हातहातमा लड्डु छ भने एनबी बैंकका कर्मचारीहरुलाई जबरजस्ती भीआरएस भन्दा फरक पर्दैन यो कस्तो मर्जर हो गर्भनर साब । यी दुबै बैंकले साधारण सभाबाट मर्जर पास गर्न साधारण सभाको मितिले तयार गरेका छन् । तर, बैंकमा दिनरात खट्ने पूराना कर्मचारीहरुलाई केही दिएर घर पठाउन एनबी बैंक नेतृत्वले भीआरएसको घिनलाग्दो स्कीम लिएको खुलेको छ भन्दा अब फरक पर्दैन ।

एउटै प्रक्रियाबाट फरक÷फरक बैंकमा काम गरेका कर्मचारीलाई फरक फरकको स्कीम ल्याउन न्यायोचित पककै हुँदैन । यसले कर्मचारीहरुमा विद्रोह हुन्छ । यस्तै छ अहिले एनबी बैंकमा कर्मचारी यूनियनको विरोध भन्दा फरक पर्दैन । हेक्का होस् । नबिल बैंकसँग प्राप्ति प्रकृयामा रहेको नेपाल बंगलादेश बैंकका कर्मचारीलाई जागिर छाड्न बाध्य पारिएको पाइएको छ। स्वेच्छिक अवकाशको नाममा बैंकका कर्मचारीहरुलाई जागिर छाड्न बाध्य पारिएको हो।

स्वेच्छिक अवकाशको लागि गरिएको पटक पटकको प्रस्तावले काम नगरेपछि एनबि बैंकको उच्च व्यवस्थापनले जागिर छाड्नलाई सर्कुलर ‘चिठी’ नै पठाएको हो।

6280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका