
अमेरिकन कम्पनी मेटलाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले १६ जुलाई २०२० देखि १५ जुलाई २०२१ सम्मको बीमांकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सबै जीवन बीमालेखहरुको बोनसदर प्रतिहजार न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ तोकेको छ।
सावधिक जीवन बीमालेखअन्तर्गत न्यूनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। जसमा १ देखि १५ वर्ष अवधिसम्म प्रतिहजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिसम्म ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ।
साथै, कम्पनीले एक वर्षदेखि १५ वर्षको अवधिमा ४ हजार ७ सय ९० वटा बीमालेख बिक्री गरेको छ भने १६ देखि २० वर्षको अवधिमा ३ हजार ६ सय ९ वटा बीमालेख बिक्री गरेको छ।
शिक्षा संरक्षण जीवन बीमालेखको अन्तर्गत कम्पनीले न्युनतम ६० देखि ८० रुपैयाँसम्म बोनसदर तोकेको छ। जसमा १ देखि १५ वर्ष अवधिसम्म प्रतिहजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ।
कम्पनीले १ देखि १५ वर्षसम्मको अवधिमा २३ हजार २ सय २३ वटा बीमालेख बिक्री गरेको छ। बीमालेख बिक्रीमा यो धेरै हो।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ। यसमा १ देखि १५ वर्ष अवधिसम्म प्रतिहजार ४५ रुपैयाँ, १६ देखि २० वर्षसम्म लागि ५५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर तोकेको छ।
कम्पनीले १ देखि १५ वर्ष अवधिको सबैभन्दा धेरै १९ हजार १ सय ९३ वटा बीमालेख बिक्री गरेको छ।
साथै, कम्पनीको अर्को बीमांकीय मूल्यांकन बीमा समितिबाट अर्को व्यवस्था स्वीकृत नभएसम्म सोही बोनसदर लागू हुने भएको छ। मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखहरुमा यही बोनसदर लागु हुने कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार









































































