जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल बङ्गलादेश बैंकद्धारा १ लाख रुपैयाँ दुर्घटना बीमा वापतको रकम भुक्तानी

नेपाल बङ्गलादेश बैंकद्धारा १ लाख रुपैयाँ दुर्घटना बीमा वापतको रकम भुक्तानी

नेपाल बङ्गलादेश बैंकले १ लाख रुपैयाँको दुर्घटना बीमा वापतको रकम भुक्तानी गरेको छ । बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको १ लाख ग्राहक स्व.महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको हो ।

स्व. महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक, ब्रम्हपुरी शाखामा खाता खोली कारोबार गर्दै आएकी थिईन् । उनको कात्तिक ६ मा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।

उक्त सहयोगले ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै, आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी बैंकले गराएको छ ।

हाल नेपाल बङ्गलादेश बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

3745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका