जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • वाणिज्य बैंकहरुको पैसा सहकारी संस्थातिर, मुद्दतीमा ब्याजदर खुम्चीदा डिपोजिटकर्ताहरुको चुलो बल्नै मुस्कीलः चार बैंकको चार कुरामा चमत्कार ?

वाणिज्य बैंकहरुको पैसा सहकारी संस्थातिर, मुद्दतीमा ब्याजदर खुम्चीदा डिपोजिटकर्ताहरुको चुलो बल्नै मुस्कीलः चार बैंकको चार कुरामा चमत्कार ?

२७ वाण्ज्यि बैंकमा सबैभन्दा बढि नाफा कमाउने ग्लोबल आईएमई बैक छ भने सबैभन्दा बढि कर्जा प्रवाह गर्ने एनआईसी एसिया बैंक छ । सबैभन्दा बढि लाभाशं वितरण गर्ने नबिल बैंक भएको छ भने मुद्दती खातामा सबैभन्दा बढि ब्याज दिने एनएमबी बैंक रहेको छ भन्दा अब चाहि फरक पर्दैन ।

भनिन्छ नेपालका बैंकमा पैसा मुद्दती खातामा राखी ब्याजबाट घरको चुलो बाल्नेहरुको ठुलो धनरासी सहकारी संस्थामा महंगो ब्याजमा राख्न बाध्य भएका छन् भन्दा अब चाहि अन्यथा नहोला ।

नेपालमा हाल २७ वटा बैंक सञ्चालनमा छन् । प्रायः सबै बैंहरुले मुद्दती बचत खातामा ५ देखि ८.२५ प्रतिशत ब्याज दिने निर्णय गरेसंगै डिपोजिटकर्ताहरुको चुलो बल्नै मुस्कील छ भन्दा फरक पर्दैन । तर एनएमबी बैंकले भने मुद्दती खातामा ब्याज घटाएको छैन ।
भनिन्छ नेपालका बैंकमा पैसा मुद्दती खातामा राखी ब्याजबाट घरको चुलो बाल्नेहरुको ठुलो धनरासी सहकारी संस्थामा महंगो ब्याजमा राख्न बाध्य भएका छन् भन्दा अब चाहि अन्यथा नहोला ।

नेपालमा ३५ हजार भन्दा बढि सहकारी संस्थाहरुले मुद्दती बचत खातामा १२ देखि १५ प्रतिशत ब्याज दिने भएपछि वाणिज्य बैंकहरुको ठूलो धनराशी सहकारी संस्थामा पुग्ने निश्चित भएको छ भन्दा फरक पर्दैन । इतिहासमै अत्यन्तै कम ब्याजदर वाणिज्य बैंकहरुले तोकेपछि डिपोजिटकर्ताहरुको पैसा सहकारी संस्थामा जानु स्वभाविककै हो भन्नेहरुको पनि कमी छैन ।

आजभन्दा ठिक १ वर्ष अगाडी बैंकहरुबीच १३÷१४ प्रतिशत मुद्दती खातामा ब्याज दिएको इतिहास हामीसंग छ । तर, आज इतिहास बदलिएको छ । वाणिज्य बैंकहरुमा चर्को तलरता छ । लगानी कोरोना कहरबीच कम भएको पक्कै छ । यसै कारण बैंकहरुले ब्याज घटाउनु स्वभाविक पनि होला ।

अब बैंकको पैसा झिकेर सहकारीमा जाने देखिन्छ हेक्का होस् । कोरोनाका कारण अर्थतन्त्र शिथिल बनेको छ । लगानीकर्तामा उत्साह छैन । कतिपय उद्योग व्यवसाय बन्द भइसके भने कति बन्द हुने अवस्थामा पुगेका छन् ।

नेपालकै ठुलो शाखा सञ्जाल भएको नम्बर १ बैंक एनआईसी एशिया बैंक लिमिटेडे मुद्दती खातामा ब्याज घटाएसंगै सबै जस्तो वाणिज्य बैंक्हरुले १ हप्ता भित्र मुद्दती ब्याजदर घटाएका छन् भन्दा फरक पर्दैन ।

कुनै जमानामा ठूला डिपोजिटकर्ता र ठूला संस्थागत डिपोजिटकर्ताहरुको चाकडी चाप्लुसी देखि बढि ब्याज दिने र विदेश लैजाने काम हुन्थे तर, आज ठीक उल्टो जमाना आएको छ भन्दा फरक पर्दैन । अहिले डिपोजिट दिनेहरुले फोन गर्दा बैंकका सीइओहरुले फोन उठाउदैनन रे । यो कस्तो बैकिङ्ग हो गर्भनर साब ?

अब पैसा बैंकमा राख्नुको कुनै अर्थ नै भएन । डेढ दुई प्रतिशत ब्याज पाउनु भनेको त नपाएको सरह नै देखिन्छ । बैंकमा पैसा राखेर गुजारा चलाउनेहरु आज ठूलो मारमा छन् भन्दा फरक पर्दैन । अब बैंकको पैसा झिकेर सहकारीमा जाने देखिन्छ हेक्का होस् ।
कोरोनाका कारण अर्थतन्त्र शिथिल बनेको छ । लगानीकर्तामा उत्साह छैन । कतिपय उद्योग व्यवसाय बन्द भइसके भने कति बन्द हुने अवस्थामा पुगेका छन् ।

सञ्चालनमा रहेका उद्योग पनि क्षमताभन्दा कममा सञ्चालमा रहेका छन् । उद्योग व्यवसाय पूर्ण क्षमतामा सञ्चालन नहुँदा बैंक तथा वित्तीय क्षेत्रमा कर्जाको माग आएन अर्थात आएका माग पनि थोरै मात्रमा आए भन्दा फरक पर्दैन ।

नेपाल राष्ट्र बैंकले महिना सुरु हुनुअघि नै सो महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्नुपर्ने नियम ल्याएसँगै पुस महिनाका लागि बैंकहरुले बचत खातामा साढे एक प्रतिशत देखि साढे ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । एकवर्षे मुद्दती खाता ५ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म तोकिएको देखिन्छ । यसको जिम्मा कसले लिने ?

कोरोनाका कारण बैकमा ठूला परियोजनाको लागि कर्जाको माग त्यति आएको छैन भने नयाँ उद्यम व्यवसाय सञ्चालनमा आउन सकेका छैनन् । जसले बैंकहरू तरलता बढी भयो र लगानी गर्न नसक्दा ब्याजको भार थेग्न नसकेर ब्याजदर घटाउनेतर्फ लागेका छन् बैंकहरु, भन्दा पनि फरक पर्दैन ।

कोभिडका कारण पर्याप्त आर्थिक गतिविधि हुन नसकेपछि बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याजदर घटाएका छन् । बैंकहरूले पुस १ गतेदेखि लागू हुनेगरी बैंकहरुले बचत तथा मुद्दती खाताको ब्याजदर घटाएका हुन् । २७ वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा अधिकांशको ब्याजदर घटेको देखिन्छ । यसको फाइदा सहकारी संस्थाहरुलाई भएको छ भन्दा फरक नपर्ला कि कसो गर्भनर साब ?

नेपाल राष्ट्र बैंकले महिना सुरु हुनुअघि नै सो महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्नुपर्ने नियम ल्याएसँगै पुस महिनाका लागि बैंकहरुले बचत खातामा साढे एक प्रतिशत देखि साढे ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । एकवर्षे मुद्दती खाता ५ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म तोकिएको देखिन्छ । यसको जिम्मा कसले लिने ?

अर्थशास्त्रको सिद्धान्त मान्यताअनुसार मूल्य वृद्धिभन्दा बैंकको ब्याजदर केही बढी अर्थात नभएपनि बराबर हुनुपर्ने हो । नेपाल राष्ट्र बैंकको असोज महिनासम्मको तथ्यांक अनुसार मूल्य वृद्धि ३.३९ प्रतिशत छ तर बैंकहरूले दिने ब्याज साढे एक प्रतिशतदेखि भएकाले उपभोक्तालाई मह्गी धान्न गाह्रो पर्ने देखिएको छ, भन्दा फरक पर्दैन गर्भनर साब ?

मुद्दती निक्षेपमा समेत ब्याजदर घटाउने बैंकको संख्या १६ रहेको छ । बाँकी ११ बैंकमध्ये ५ वटा बैंकको ब्याजदर बढेको छ भने ६ वटा बैंकको ब्याजदर भने स्थिर रहेको छ, भन्दा फरक पर्दैन ।

बचत खातामा सबैभन्दा कम ब्याजदर दिने बैंक एनआईसी एशिया बैंक र नबिल बैंक रहेका छ भन्दा अब चाहि फरक नपर्ला । मुद्दती खातातर्फ भने अधिकांश बैंकको न्यूनतम ब्याजदर दिने स्ट्यान्डर्ड चार्टर्ड बैंक बनेको छ । सबैभन्दा बढी ब्याज दिने सिटिजन्स बैंक बनेको देखिन्छ ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार १७ वाणिज्य बैंकले बचत खातामा दिँदै आएको ब्याजदर घटाएका छन् । बाँकी १० बैंकमध्ये ९ बैंकको बचत खाताको ब्याजदर स्थिर रहँदा एनएमबि बैंकले मात्रै बचत खाताको ब्याजदर बढाएको छ । यसरी मुद्दती निक्षेपमा समेत ब्याजदर घटाउने बैंकको संख्या १६ रहेको छ । बाँकी ११ बैंकमध्ये ५ वटा बैंकको ब्याजदर बढेको छ भने ६ वटा बैंकको ब्याजदर भने स्थिर रहेको छ, भन्दा फरक पर्दैन ।

मुद्दती खातामा हाल कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन बैंक, प्राइम कमर्शियल बैंक र एनएमबि बैंकको ब्याजदर बढेको छ । कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे र एनआईशी एशिया बैंकको ब्याजदर स्थिर रहेको छ । बाँकी बैंकको ब्याजदर भने घटेको छ, भन्दा फरक पर्दैन ।

बचत खातामा ब्याज घटाउने बैंकहरुमा नेपाल बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, सनराइज बैंक, सेञ्चुरी कमर्शियल बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक, सिटिजन बैंक, सानिमा बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक र मेगा बैंक रहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, प्राइम कमर्शियल बैंक, एनआईशी एशिया बैंक, ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको ब्याजदर स्थिर रहेको छ । ब्याजदर बढ्ने एकमात्र बैंक एनएमबि बैंक हो । उसले तस्रो पटक बैंक अफ एयर समेत पाएको छ भन्दा फरक पर्दैन ।

मुद्दती खातामा हाल कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन बैंक, प्राइम कमर्शियल बैंक र एनएमबि बैंकको ब्याजदर बढेको छ । कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे र एनआईशी एशिया बैंकको ब्याजदर स्थिर रहेको छ । बाँकी बैंकको ब्याजदर भने घटेको छ, भन्दा फरक पर्दैन ।

जे भएपनि डिपोजिटकर्तालाई माया नगर्ने अप्ठ्यारो पर्दा नहेर्ने वाणिज्य बैकहरुले भविष्यमा डिपोजिटकर्ता सामु कसरी डिपोजिट माग्ने हो । त्यो चाहि हेर्न बाँकी छ । सचेत भया ।

13230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका