जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • यूनियन लाइफद्धारा २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

यूनियन लाइफद्धारा २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कसेनी ६ मोरङ घर भई हाल इटहरी नगरपालिका वडा नंवर २० सुनसरी मा स्थायी बसोबास गर्दै आउनु भएका ४० बर्षिय भारत गिरीको मृत्यु दावी बापत उनका हकवाला निलम गिरीलाई २१ लाख १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

२०७६ पौष २९ मा २० बर्षको लागि विमाङक २० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा योजना खरिद गरेका गिरीको कोभिड १९ को कारण मृत्यु भएको थियो ।

२ किस्ता वापतको रकम रु १लाख ९४ हजार ७ सय ४८ रुपैयाँ मात्र बुझाएका गिरीको मृत्यु दावी रकमको चेक इटहरी २० तरहरा स्थित बीमितको घरैमा पुगेर प्रदेश नंबर १ का प्रमुख भुपराज पराजुली शाखा प्रमुख ऋषिराज पराजुली, एजेन्सी मेनेजर भवानी बानियाँ, लोक बहादुर तामाङ, ज्ञानेश्वर चौधरी को संयुक्त उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

5945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका