जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • आइएमई जनरलको खुद बीमा शुल्क ५२ करोड ७६ लाख

आइएमई जनरलको खुद बीमा शुल्क ५२ करोड ७६ लाख

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । १ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३२ करोड ३९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३० करोड २६ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा १६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा १० दशमलव ८३ प्रतिशतले गिरावट आएको हो ।

यस अवधिमा कम्पनीको बीमा कोषमा ५५ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

समिक्षा अवधिमा ५२ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५१ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले २२ करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ११ दशमलव ६३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ८३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १७५ रुपैयाँ ८९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ३०.१३ गुणा रहेको छ ।

3295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका