जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कम्पनीका सञ्चालक, व्यवस्थापन तथा आधारभूत शेयरधनीहरूका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) सम्बन्धी एकदिने अभिमुखीकरण तालिम तथा सेमिनार सम्पन्न गरेको छ।

कम्पनीले असार २९ गते लाजिम्पाटस्थित होटल र्‍याडिसनमा आयोजना गरेको कार्यक्रममा कम्पनीले पालना गर्नुपर्ने नियामकीय अनुपालन तथा एएमएल/सीएफटीसम्बन्धी कानुनी व्यवस्था, नियामकीय अपेक्षा, ग्राहक पहिचान तथा यथोचित सावधानी (केवाईसी/सीडीडी), जोखिममा आधारित दृष्टिकोण, शंकास्पद कारोबारको पहिचान तथा प्रतिवेदन र लक्षित वित्तीय प्रतिबन्धलगायत समसामयिक विषयमा विस्तृत प्रस्तुति तथा अन्तरक्रियात्मक छलफल गरिएको थियो।

कार्यक्रममा एएमएल/सीएफटीका विज्ञ प्रशिक्षक शाम्भराज लामिछानेले यस क्षेत्रको वर्तमान अवस्था र कम्पनीले आगामी दिनमा पालना गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले नियामक निकायबाट जारी निर्देशन, ऐन, नियम, कानुन, परिपत्र तथा निर्देशिकाको पूर्ण पालना गर्दै ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। उनले दैनिक कार्यसम्पादनका क्रममा ग्राहक पहिचान, आवश्यक कागजात संकलन तथा सम्पूर्ण नियामकीय व्यवस्था अक्षरशः पालना गर्न सबैलाई निर्देशन दिए।

त्यसैगरी कम्पनीका सञ्चालक उमाकान्त आचार्यले कार्यक्रमका प्रशिक्षक, सञ्चालक समिति, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरूलाई धन्यवाद दिँदै कम्पनीले आगामी दिनमा पनि नियामक निकायबाट जारी सबै ऐन, नियम तथा निर्देशनको पूर्ण पालना गर्दै देशको वित्तीय प्रणालीलाई थप पारदर्शी र सुरक्षित बनाउन योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले नियामकीय अनुपालन र सुशासनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका