जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई पोखरा ओम हास्पिटलमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई पोखरा ओम हास्पिटलमा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो २८ औँ स्थापना दिवसका अवसर पारेर मोफसलमा रहेका आफ्ना ग्राहकलाई शुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको चिप्लेढुंगा शाखाको अगुवाइमा पोखरा ओम हास्पिटल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिसँग आज जेठ ५ गते सम्झौता गरेको छ।

उक्त सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका कर्मचारी तथा ग्राहकले ओम हास्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।

सम्झौताअनुसार महालक्ष्मी विकास बैंकको क्यूआर कोड, डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा बेड चार्ज, अपरेसन चार्ज, ल्याब चार्जलगायतमा १२ प्रतिशत र फार्मेसीमा ७.५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा अस्पतालका प्रबन्ध निर्देशक प्राडा देवकुमार थापा र बैंकको चिप्लेढुंगा पोखरा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले हस्ताक्षर गरेका छन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने तथा डिजिटल पेमेन्ट सिस्टममा आकर्षित हुने र अहिले विश्वभर फैलिरहेका विभिन्न प्रकारका संक्रमण रोग निवारणका लागि महत्वपूर्ण टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले स्थापना दिवसका अवसरमा देशभर फैलिएर रहेका विभिन्न शाखामार्फत रक्तदान, वृक्षरोपण, वित्तीय साक्षरता कार्यक्रम तथा अन्य विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले प्रदेश नं. १ मा ५, प्रदेश नं. २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ।

5210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?