जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखरा अन्नपूर्ण केवलकारमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखरा अन्नपूर्ण केवलकारमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केबलकारसँग केबलकारको सेवामा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रमबीच सम्झौता गरेको छ।

पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ। केबलकारको टप स्टेसन सराङकोटमा स्विइङ, स्काई साइकिलिङ, टावर रेस्टुरेन्टलगायतका अन्य विभिन्न सेवाहरु उपलब्ध छ।

कार्यक्रममा बैंकका तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख शंकर केसी र अन्य कर्मचारीहरुको उपस्थिति तथा अन्नपूर्ण केवलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति थियो। यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले पोखरा अन्नपूर्ण केबलकारमा केबलकारको सुविधामा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

5355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्