जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा छुट

ज्योति विकास बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा छुट

ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकारबी सम्झौता भएको छ । केबलकार टिकटमा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट सम्बन्धी सम्झौता भएको हो । 

सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख बिशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका हुन् । बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सो छुटको लाभ उठाउन पाउने छन्।

यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकहरुले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंगको सहकार्यमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।  

ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।  

3000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका