जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको तिहार क्याम्पेन : उत्कृष्ट ३ वटा भिडियोलाई नगद पुरस्कार

लक्ष्मी सनराइज बैंकको तिहार क्याम्पेन : उत्कृष्ट ३ वटा भिडियोलाई नगद पुरस्कार

लक्ष्मी सनराइज बैंकले तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । उक्त कम्पनीले समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन यो क्याम्पेन सार्वजनिक गरेको बताएको छ ।

उक्त अभियान अन्तर्गत कम्पनीले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजगार गर्न आग्रह गरेको छ । यसरी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने सहभागीहरुमध्ये उत्कृष्ट तीन वटा भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । सहभागीहरुले भिडियो पोस्ट गर्दा कम्पनीलाई ट्याग गरी ह्यास्ट्याग #laxmisunriseutsab पनि प्रयोग गर्नुपर्ने छ । कम्पनीले अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पुर्‍याउने पनि बताएको छ ।

3895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका