जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा कविराज अधिकारी नियुक्त, कार्यकाल ४ वर्षको 

एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा कविराज अधिकारी नियुक्त, कार्यकाल ४ वर्षको 

एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा कविराज अधिकारी नियुक्त भएका छन्।

सञ्चालक समितिको मंगलबार भएको बैठकले कम्पनी ऐन २०६३ को दफा (३) तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को निर्देशिका अनुसार उनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।

एनएलजी इन्स्योरेन्सले अधिकारीलाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। नेशनल लाइफ इन्स्योरेन्सका सञ्चालकहरुको ५० प्रतिशत लगानी साझेदारी रहेको यो कम्पनीका सञ्चालक समिति अध्यक्ष विमलप्रसाद वाग्ले छन्। सञ्चालक समितिमा भरतबहादुर बस्नेत, सुरेशप्रसाद खत्री, शालिनी राणा शाह र भरतकुमार थापा छन्।

यसमा राष्ट्रिय वाणिज्य बैंक र प्राइम कमर्सियल बैंकको ३ प्रतिशत लगानी छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ।

6080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?