जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई अलफ्ट होटेलमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई अलफ्ट होटेलमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकले काठमाडौँको ठमेल स्थित अलफ्ट होटेलमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक र अलफ्ट होटेलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यस समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अलफ्ट होटलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफि सप र एक्वा बारमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।

बैंकले १७५ वटा शाखा, १२७ वटा एटिएम र ९५ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ ।

2605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?