जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते

एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते

एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा २०७७ मंसीर २१ गते हुने भएको छ । मंसिर २१ गते बिहान ९ बजे काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा हुने भएको हो ।

बैंकको २३ औं वार्षिक साधारण सभामा आव २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात र नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका समान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।

साथै गत आवको मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ । वार्षिक साधारण सभालाई ध्यानमा राखी २०७७/०८/१० देखि २०७७/०८/२१ सम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको सम्मान एवं परिपालना गर्दै साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।

साधारण सभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा शेयरधनीहरूलाई Meeting ID तथा Password उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यसरी उपस्थित शेयरधनीहरूले साधारण सभामा आफ्नो मन्तव्य राख्ने व्यवस्था समेत मिलाइएको बैंकले जनाएको छ ।

साधारण सभामा सहभागी भई मन्तव्य राख्न चाहने शेयरधनीहरूले सभा सुरु हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै आफ्नो परिचयपत्र सहित बैंकले जारी गरेको शेयर प्रमाणपत्र/डिम्याट खाता खोलिएको प्रमाणको स्क्यान कपी समावेश गरी कम्पनी सचिवको इमेल ठेगाना [email protected] मा ईमेल वा ९८५१२४५९१५ मा WhatsApp गर्नुपर्नेछ ।

4030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका