जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकद्धारा ट्राफिक प्रहरी वृतलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

गरिमा विकास बैंकद्धारा ट्राफिक प्रहरी वृतलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक कार्यहरु गर्दै आईरहेको छ । यसैलाई नै निरन्तरता प्रदान गर्दै यस विकास बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा असार १६ गते बिहिबारका दिन ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको हो ।

बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यसप्रकारका ट्राफिक जनचेतनामूलक सामाग्री अति नै उपयोगी हुने विश्वास यस बैंकले राखेको छ ।

हाल, यस विकास बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

5315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका