जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कामना सेवाद्वारा लिटल मिस एन्जलमा सहभागी बालबालिकाहरुलार्ई वित्तीय साक्षरता कार्यक्रम

कामना सेवाद्वारा लिटल मिस एन्जलमा सहभागी बालबालिकाहरुलार्ई वित्तीय साक्षरता कार्यक्रम

कामना सेवा विकास बैंकको भोटाहिटी शाखा द्वारा कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैंकले आज बिहिबार राष्ट्रिय नाच घरमा सो कार्यक्रम गरेको हो ।

लिटल मिस एन्जल २०२३ का सहभागीहरु र उनीहरुका अभिभावकहरुलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।  बैंकका अनुसार उक्त कार्यक्रममा ३५ भन्दा बढि सहभागी बाल बालिकाहरु र उनीहरुका अभिभावकहरुको सहभागीता रहेको थियो ।

बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ।

3360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?