जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नबिल बैंकको ३ र एनबी बैंकको १७ वटा शाखा बन्द हुने

नबिल बैंकको ३ र एनबी बैंकको १७ वटा शाखा बन्द हुने

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको ३ वटा र नेपाल बंगलादेश बैंकको १७ वटा शाखा बन्द हुने भएका छन् । बैंकले ति शाखा स्थानान्तरण गरि नजिकै रहेको अर्को शाखामा समायोजन गर्न लागेको हो ।

हाल कायम शाखा र समायोजन गरिएको शाखाको दुरी आधा किलोमिटर भन्दा कम रहेको बैंकले जनाएको छ । एउटा शाखाको यस्तो दुरी भने १ किलोमिटर रहेको छ ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

दुवै बैंकको असार जेठ ७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले असार १५ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते एकिकृत कारोबारको लागि स्वीकृति गरेको थियो । त्यस्तै दुवै बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय गरेको थियो ।

हेर्नुस् समायोजन हुने शाखाको विवरण :

May be an image of text that says 'प्राप्ती (Acquisition) पशचात् नबिल बैंक र. नेपाल बंगलादेश बैंक शाखाहरु वन्द तथा स्थानान्तरण हुने सम्बन्धी सूचना कारोबार भएको दिनबाट नबिल लिमिटेडका शाखाहरुमा समायोजन बंगलादेश विराटचोक लिमिटेडका शाखाहरुको सूची सुन्दरहरैचा विराटचोक जिल्ला, दमक नगरपालिका- दमक विराटचोक चन्द्निगाहपुर बर्दिबास चन्द्रपूर चन्द्रपुर 0.५कि.मि. मिर्चैया चन्द्रपूर मिर्चैया मिर्चैया जिल्ला, नारायणगढ हेटौंडा नारायणगढ 0.पकि.ि बाग्लुड भैरहवा बागलुड जिल्ला, भैरहवा चन्द्रीटा कोहलपुर 1.०कि.मि. शिवराज तुलसीपुर चन्द्रौटा ०.२५कि.मि. कोहलपुर सुर्खेत जिल्ला, कोहलपुर टीकापुर सुर्खेत टीकापुर टीकापुर टीकापुर महेन्द्रनगर नेपाल बंगलादेश लिमिटेडका शाखाहरुमा भीमदत्त महेन्द्रनगर शाखाको नाम जबिल बैंक लिमिटेडका शाखाको सिमरा नामबाट पर्सा जल्ला, खैरहनी खैरहनी** पालिका दलदले रुपेन्देतिको खैरहनी नगरपालिका- गएकाले मर्जरपछि शाखाको NABIL BANK'

त्यस्तै चार दिन नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा अवरुद्द हुने भएको छ। नबिल बैंक र नेपाल बंगलादेश बैंकले मर्जर तथा प्राप्तिपछि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकोले सो को लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले सेवा प्रभावित हुने बैंकले जनाएको छ ।

जस अनुसार दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन (Data migration) गर्ने प्रयोजनको लागि मिति २०७९/०३/२४ गते शुक्रबार कार्यालय समय पछि मिति २०७९/०३/२७ गते सोमबार विहान कार्यालय समय अगाडिसम्म नबिल बैंक लि. का सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार र मिति २०७९/०३/२५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर (365 days Banking) तथा अन्य बैंकिङ्ग सेवा बन्द रहने छ । उक्त समयमा नबिल बैकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने  ।

त्यसै गरी नेपाल बङ्गलादेश बैंक लि. मा भने मिति २०७९/०३/२३ गते विहिबार कार्यालय समय पश्चात मिति २०७९/०३/२७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म उक्त बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द रहने छ । उक्त समयमा नेपाल बङ्गलादेश बैंक लि. का क्रेडिट कार्ड भने सञ्चालनमा रहने छ। साविक नेपाल बङ्गलादेश बैंक लि. ले जारी गरेका डेबिट क्रेडिट प्रिपेड कार्डहरु मिति २०७९/०३/२७ गते सोमबार विहान कार्यालय समय पश्चात सुचारु हुने छ ।

त्यस्तै असार २७ देखि  नेपाल बंगलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुले  नबिल बैंक लिमिटेडेको प्रादेशिक/शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्नेछन् । साविक नेपाल बङ्गलादेश बैंक लि. बाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्विकार गर्ने व्यवस्था मिलाइएको नबिल बैंकले जनाएको छ ।
सविक नेपाल बङ्गलादेश बैक लि.ले जारी गरेका सबै प्रकारका कार्डहरु क्रमिक रुपमा प्रतिस्थापन गर्न ग्राहकहरुलाई सुचीत गरी नयाँ कार्डहरु उपलब्ध गराइने नबिल बैंकले जनाएको छ ।

2025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका