जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • तिहारका लागि राष्ट्र बैंकद्वारा ४१ हजार चाँदीका सिक्का बिक्री

तिहारका लागि राष्ट्र बैंकद्वारा ४१ हजार चाँदीका सिक्का बिक्री

नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारको अवसरमा ४१ हजार चाँदीका सिक्का बिक्री गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार, असोज २६ गतेदेखि सुरु गरिएको बिक्री यही गत शुक्रबारसम्म पूरा भएको हो।

राष्ट्र बैंकले हरेक वर्ष तिहारको अवसरमा सुन र चाँदीका असर्फी बिक्री गर्दै आएको भएपनि यस वर्ष सुनका सिक्का बिक्री गरेको छैन । यस वर्षको तिहारका लागि बिक्री गरिएका चाँदीका सिक्कामा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित १० ग्रामका सिक्का उपलब्ध छन्।

1735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका