जोडिनुहोस
शुक्रबार, फाल्गुन १५, २०८२
शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकलाई दुईवटा ऋणपत्र निष्कासनको अनुमति

एभरेष्ट बैंकलाई दुईवटा ऋणपत्र निष्कासनको अनुमति

एभरेस्ट बैंकले दुईवटा ऋणपत्र निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोनं) ले बैंकलाई २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र–२०८५’ र २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो।

अब एभरेष्ट बैंकले एभरेष्ट बैंक ऋणपत्रका १ हजार अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ। यो ऋणपत्र ६ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन्।

यसैगरी एभरेष्ट बैंकले ऊर्जा ऋणपत्रअन्तर्गत १ हजार रुपैयाँ अंकित दरकाकुल २० लाख इकाइ जारी गर्नेछ। जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ। यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ५.५ प्रतिशत ब्याज पाउनेछन्।

4385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका