जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मेटलाइफद्वारा भोजपुर र जुम्लाका विद्यालयमा बीमा सचेतना कार्यक्रम आयोजना

मेटलाइफद्वारा भोजपुर र जुम्लाका विद्यालयमा बीमा सचेतना कार्यक्रम आयोजना

मेटलाइफ नेपालले भोजपुर नगरपालिका–७, दादागाउँस्थित विद्योदया माध्यमिक विद्यालय र चन्दननाथ, जुम्ला स्थित कनिका निशा उच्च माविमा हालसालै बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममार्फत विद्यार्थीलाई जीवन बीमाको आवश्यकता, महत्त्व र व्यवहारिक पक्षबारे जानकारी दिइएको थियो ।

विद्यार्थीहरूले बीमा सम्बन्धी आधारभूत ज्ञानसहित भविष्यमा आर्थिक सुरक्षाबारे सचेत हुने अवसर पाएका थिए। अभिभावक र स्थानीय समुदायलाई समेत बीमा प्रवर्द्धनले दीर्घकालीन लाभ पुर्‍याउने विश्वास गरिएको छ।

नेपाल बीमा प्राधिकरणले हालै जारी गरेको निर्देशनअनुसार विद्यालय स्तरमै बीमा सचेतना फैलाउनुपर्ने भएकोले यो कार्यक्रम समयसापेक्ष बनेको छ।

स्थानीय स्तरमा आयोजित यस्तो अभियानले वित्तीय ज्ञान र सुरक्षाप्रति सकारात्मक प्रभाव सिर्जना गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।

यस किसिमका गतिविधिहरूले गाउँगाउँमा जीवन बीमा सम्बन्धी जागरण बढाउने र सुरक्षित भविष्य निर्माणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

1270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका