जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु बैंकका ग्राहकहरुले स्टार हस्पिटलको सेवामा १० प्रतिशतसम्म छुट पाउने

प्रभु बैंकका ग्राहकहरुले स्टार हस्पिटलको सेवामा १० प्रतिशतसम्म छुट पाउने

प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सबै ग्राहकहरुले स्टार हस्पिटलको बेड शुल्क तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

प्रभु बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा हस्पिटलको सेवाहरुमा छुट पाउने बताइएको छ।

4640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका