जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकले १० वर्ष अवधिको ऋणपत्र बिक्री सुरु गर्‍यो

एनएमबि बैंकले १० वर्ष अवधिको ऋणपत्र बिक्री सुरु गर्‍यो

एनएमबि बैंकले १०.७५ प्रतिशत ब्याज दरको ऋणपत्र आजदेखि जारी गरेको छ। बैंकको ऋणपत्र चैत २४ गतेसम्म बिक्री गर्ने छ।

बैंकले ‘एनएमबि डिबेञ्चर १०.७५% २०८९/२०९०’ नामको ऋणपत्र जारी गरेको हो। बैंकले कुल चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ।

१००० रुपैयाँ अंकित दरका ऋणपत्र कम्तिमा २५ र बढीमा १६ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

१० बर्ष अवधिको ऋणपत्रमध्ये ६०  प्रतिशत प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ। बाँकी ४० प्रतिशत आमसर्वसाधारणलाई बिक्री खुला गरिने छ। यसभित्र सामूहिक लगानी कोषलाई पनि आरक्षित छ।

3290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका