जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सिभिल बैंक लिमिटेडका ग्राहकहरुलाई सत्कार होटल एण्ड स्पामा विशेष छुट

सिभिल बैंक लिमिटेडका ग्राहकहरुलाई सत्कार होटल एण्ड स्पामा विशेष छुट

सिभिल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरुलाई काठमाडौंको ठमेल स्थित सत्कार होटल एण्ड स्पामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंककातर्फबाट बाग्मती प्रदेश प्रमुख सुरज दाहाल र सत्कार होटल एण्ड स्पाको तर्फबाट सचालक दिर्घ सिंह लामाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यक्रममा सिभिल बैंक लिमिटेडको प्रधान कार्यालयका Manager-Transaction Banking कास्येप मानन्धर र त्रिपुरेश्वर शाखा प्रमुख रोहित बाजपाईको समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार बैकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त सत्कार होटल एण्ड स्पामा, होटल सेवामा १० प्रतिशत, रेष्टुरेन्टमा १० प्रतिशत र स्पामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास अगाध स्नेह र माया बैंक प्रतिको विश्वासले मुलुकभर ११५ शाखा कार्यालय, १३ एक्सटेन्सन काउन्टर र ९९ एटिएमका साथै संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

आगामी दिनमा पनि यस किसीमको ग्राहकको सेवा सुविधा र छुटका लागि विभिन्न संघ-संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका सम्झौताका कार्यक्रमहरु गर्ने कुरा समेत उक्त बैंकका बाग्मती प्रदेश प्रमुख सुरज दाहालले जानकारी दिनुभयो ।

2465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका