जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रेस चौतारी नेपालद्धारा महासचिव राईसहित ३ जनामाथि कारबाही तथा अन्य ३ जनालाई बैठकमा उपस्थिति हुन निर्देशन (विज्ञप्ती सहित)

प्रेस चौतारी नेपालद्धारा महासचिव राईसहित ३ जनामाथि कारबाही तथा अन्य ३ जनालाई बैठकमा उपस्थिति हुन निर्देशन (विज्ञप्ती सहित)

प्रेस चौतारी नेपालले महासचिव राजेश राई सहित तीन जनालाई पदबाट हटाउने  कारवाही गरेको छ ।  

सत्तारुढ नेकपा(एमाले) निकट चौतारीले संगठनका महासचिव राईसहित  बागमती प्रदेश उपाध्यक्ष विश्वमणि सुवेदी र सुदूरपश्चिम प्रदेश उपाध्यक्ष नरेन्द्र साउदलाई साधारण सदस्य रहने गरी पदबाट कारवाही गर्ने निर्णय गरेको हो ।

आज बसेको चौतारीको सचिवलाय बैठकले गुटगत भेला तथा अन्य संगठनसँग साँठगाँठ गर्दै संगठनको अनुमतिबिना अनाधिकृत रुपमा हस्ताक्षर गर्ने, संगठनको बिधानबिपरित काम गर्ने र संगठनलाई कमजोर बनाउने गरी बिपक्षी संगठनसँग मिलेर अराजकतापुर्ण गतिविधि गरेको प्रमाणका आधारमा कारबाही गरेको चौतारीका अध्यक्ष गणेश वस्नेतले जानकारी दिए ।

‘संगठनको विधान विपरित काम गरेकाले सचिवलाय बैठकको निर्णय अनुशार बागमती प्रदेश उपाध्यक्ष सुवेदी, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष साउद र महासचिव राईलाई संगठनको साधारण सदस्य कायम रहने गरी पदबाट निष्काशन गरिएको छ’ अध्यक्ष वस्नेतले नेपालवोटसँग भने, ‘आजको सचिवालय बैठकमा अनुपस्थित भएका उपमहासचिव रामकुमार एलन, सचिवद्वय शुरोजंग पाण्डे र अमृतनाथ तिमल्सिनालाई भोलि २०७८ बैशाख ३ गते बस्ने सचिवालयको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।’  

बैठकले प्रेस चौतारी नेपालका नाममा थप अबाञ्छित गतिविधि नगर्न–नगराउन र संगठनको मुलधारमा रहिरहन निर्देशन दिएको बैठकले आत्मसमीक्षा र आत्मालोचनासहित संगठनमा दृढतापूर्वक उभिन नेपाल पत्रकार महासंघमा निर्वाचित सवै पदाधिकारी, सदस्यसहित प्रेस चौतारी नेपालका सबै सदस्यहरुलाई अपिल गरेको छ । भर्खरै सम्पन्न पत्रकार महासंघको तीनै तहको निर्वाचनमा संगठनविरोधी गतिविधिमा संलग्न हुने सदस्यहरुलाई विधानले ब्यवस्था गरेबमोजिम आवश्यक कारबाही गर्न प्रदेश समितिलाई अख्तियारी प्रदान गरेको छ ।

संगठनको रिक्त रहेको महासचिवको जिम्मा उपमहासचिव हिरामान लामालाई दिएको बैठकले २०७७ पुस ५ गतेपछि निर्माण गरिएका सबै सांगठानिक संरचनालाई प्रेस चौतारी नेपालमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

प्रेस बिज्ञप्ति
२०७८ बैशाख २ गते

हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपाल केन्द्रीय सचिवालयको बैठक आज मिति २०७८ साल बैशाख २ गते अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा काठमाडौंमा बस्यो । बैठकमा २०७७ चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको विषयमा गम्भीर समीक्षा गर्दै केही ठोश निर्णय लिएको छ । पत्रकार महासंघको निर्वाचनमा संगठनको निर्णयको पक्षमा दृढतापूर्वक उभिने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिँदै केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, एशोशियट र प्रतिष्ठानमा निर्वाचित प्रेस चौतारी नेपालका उम्मेदवारसहित महासंघमा निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई दिएको छ ।

बैठकले संगठनको हित र बिधानबिपरीत अनाधिकृत रुपमा गुटगत भेला तथा अन्य संगठनसँग साँठगाँठ गर्दै संगठनको अनुमतिबिना अनाधिकृत रुपमा हस्ताक्षर गर्ने, संगठनको बिधानबिपरित काम गर्ने र संगठनलाई कमजोर बनाउने गरी बिपक्षी संगठनसँग मिलेर अराजकतापुर्ण गतिविधि गरेको प्रमाणका आधारमा प्रेस चौतारी नेपालको विधान बमोजिम बागमती प्रदेश उपाध्यक्ष विश्वमणि सुवेदी, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष नरेन्द्र साउद र महासचिव राजेश राईलाई संगठनको साधारण सदस्य कायम रहने गरी पदबाट निष्काशन गरेको छ । यसैगरी आजको बैठकमा अनुपस्थित भएका उपमहासचिव रामकुमार एलन, सचिवद्वय शुरोजंग पाण्डे र अमृतनाथ तिमल्सिनालाई भोलि २०७८ बैशाख ३ गते बस्ने सचिवालयको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । बैठकले प्रेस चौतारी नेपालका नाममा थप अबाञ्छित गतिविधि नगर्न–नगराउन र संगठनको मुलधारमा रहिरहन निर्देश गर्नुका साथै आत्मसमीक्षा र आत्मालोचनासहित संगठनमा दृढतापूर्वक उभिन नेपाल पत्रकार महासंघमा निर्वाचित सवै पदाधिकारी, सदस्यसहित प्रेस चौतारी नेपालका सबै सदस्यहरुलाई अपिल गरेको छ । साथै, संगठनविरोधी गतिविधिमा संलग्न हुने सदस्यहरुलाई विधानले ब्यवस्था गरेबमोजिम आवश्यक कारबाही गर्न प्रदेश समितिलाई अख्तियारी प्रदान गरेको छ । साथै बैठकले प्रेस चौतारी नेपालको नाममा समानान्तर गतिबिधि क्षम्य नहुने निश्कर्षसहित त्यस्तो अराजकतापुर्ण काम नगर्न निर्देशित गरेको छ ।

बैठकले २०७७ पुस ५ गतेपछि निर्माण गरिएका सबै सांगठानिक संरचनालाई प्रेस चौतारी नेपालमा रुपान्तरण गर्ने निर्णय गरेको छ । साथै, संकटको बेला संगठनमा दृढतापूर्वक उभिनुभएका साबिक प्रेस संगठन नेपालका केन्द्रीय सदस्यहरुलाई प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य र आयोग सदस्यका रुपमा कायम गरिएको छ । यसैगरी बैठकले प्रेस चौतारी नेपाल को कार्यबहाक महासचिवको जिम्मेवारी उपमहासचिव हिरामान लामालाई प्रदान गरेको छ ।

साथै, बैठकले प्रेस चौतारी नेपाल, कपिलवस्तु शाखाका पूर्वअध्यक्ष नन्दराम पौडेलको २०७७ चैत ३१ गते मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै हार्दिक श्रद्वाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

हार्दिक अभिवादनसहित !

गणेश बस्नेत
अध्यक्ष

8495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका