जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कुमारी बैंकबाट आईपिओ भर्दा पैसा नलाग्ने, आश्वा शुल्क खारेज

कुमारी बैंकबाट आईपिओ भर्दा पैसा नलाग्ने, आश्वा शुल्क खारेज

कुमारी बैंकले भदौ १ गतेबाट लागु हुने गरि आफ्नो सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । भाद्र १ उपरान्त कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।

ग्राहकहरुको हित तथा पुंजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले सो छुट ल्याएको बैंकले उल्लेख गरेको छ । यस बाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत बैंकका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

बैंकले १९७ शाखा–संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।

1355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?